सिमा“कन, गाउ“ र नगरपालिका न्यायोचित हुनुपर्दछ

देशले परिवर्तनको संकेत गरेको छ । देशकाके परिवर्तन सँगै नेपाल र नेपालीहरुको भाग्य र भविष्य समेत परिवर्तन हुने संकेतहरु देखिएका छन् । बिगत देखि कुनै न कुनैको साहारामा सत्ता प्राप्ति गर्नुपर्ने बाधयकारी नीतिलाई समेत नेपालका कतिपय राजनेताहरुले परिवर्तनको सुरुवात गरेपछि त्यसले समेत भिन्न परिवर्तन नेपालमा पारेको छ । सँधै अर्काको मात्रै भर पर्ने नेपाली हैनन् भन्ने केही गतिला उदाहरणहरु दिएका प्रधानमन्त्री के.पी ओलीको सरकारले भनेजस्तै नीति र नियमहरु लागु गर्न सकेन् र पनि नेपाल र नेपालीहरुमा राष्ट्रियताको भाव भने पक्कै पनि छोडेर गएको छ ।
अहिलेको सरकारले भन्दा धेरै राम्रो काम आगामी दिनहरुमा सत्ता संचालन गर्नेहरुले गर्नुपर्ने छ भने अर्कोतर्फ सिमाँकन लगायतका विभिन्न समस्याहरुको समाधानका लागि गाउँ बस्ति नगर वडा हुँदै बस्ति सम्म यसको छलफल र बहस सुरु भएको छ ।
दैलेखमा समेत सिमाँकनको चर्चा परिचर्चा धेरै भएको छ । तत्कालिन समयमा नगरपालिका घोषाणा गर्दा आधारभूत मापदण्ड पुरा नगरेरै नगरपालिका भएको दैलेखको नारायण नगरपाकिला र जिल्ला सदरमुकाम दैलेख बजारको जनसंख्याको आकारमा अहिले समस्या देखिएको छ । हाल भएको जनसँख्या सँगै सदरमुकाम दैलेख बजारको लागि पनि अव ४५ हजार जनसंख्या आवश्यक रहेको कार्यविधिले तोकिसकेको छ । यस्तो समस्या दैलेखमा मात्र नभै अन्य धेरै पहााडी जिल्लाहरुमा विद्यमान छ तर यस्ता सवै समस्याहरुको समाधान न्यायोचित रुपमा सम्बोधन गर्नुपर्ने अहिलेको आवश्यकता हो । जनसंख्या नपुग्ने भयो भन्दै सदरमुकाम सार्ने सम्मका निराधार हल्लाहरु समेत यदाकदा सुनिन थालेका छन् । हुुनै नसक्ने कुराको हल्ला भन्दा सवैलाई न्याय हुने कुरा गर्नु राम्रो होला ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार